७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोगको गाडीले जेब्राक्रसिङमै दियो पैदलयात्रीलाई ठक्कर

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ।

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको हो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा ट्राफिक लाइट समेत रातो बलेको अवस्थामा जेब्राक्रसिङबाट बाटो पार गरिरहेका स्थानीय छविलाल अधिकारीलाई ठक्कर दिएको हो।

गाडीको ठक्करबाट आफ्नो खुट्टामा चोट लागे पनि उपाध्यक्ष क्षेत्रीले ‘आँखा हेरेर हिँड्न सक्दैनस्’ भन्दै आफूलाई हकारेको अधिकारीले बताए।

जिम्मेवार व्यक्ति चढेकै गाडीले ट्राफिक नियम मिचेर हिँड्दा ठक्कर दिए पनि सामान्य मानवीय व्यवहार समेत नदेखाई उल्टै गाली गरेर हिँडेको उनले गुनासो गरे।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार क्षेत्री सवार गाडी सडक लेन मिचेर सबभन्दा दायाँको लेनमा पुगेको थियो। सिधा लेनमा जानुपर्ने गाडीले लेन मिचेर आएको स्थानीयले बताए।

उपाध्यक्ष क्षेत्रीले भने आफूले ठक्कर दिएर भागेको नभई बाटो पार गर्दा ध्यान दिएर हिँड्न सम्झाएको बताए।

प्रहरी चौकी ड्राइभर टोलका अनुसार घाइते अधिकारीको अहिले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस