७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिबारसम्म साढे ६ लाखले छाडे उपत्यका

अ+ अ-

काठमाडौँ । दसैँका लागि शनिबारसम्म करिब साढे ६ लाखले उपत्यका छाडेका छन् । शनिबार मात्र उपत्यकाबाट करिब डेढ लाख बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘शनिबार उपत्यका छाड्नेको ठूलो भिड थियो,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले भने, ‘आइतबारसम्म उपत्यका छाड्नेको भिड हुने र सोमबारदेखि उपत्यकाको ट्राफिक खुकुलो हुने हाम्रो अनुमान छ।’

शनिबार बिहानदैखि उपत्यकाका मुख्य ६ नाकामा सवारीसाधनको भिड थियो । खासगरी पृथ्वी राजमार्ग र बिपी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप हुँदा ठाउँ–ठाउँमा लामो जाम परेको थियो । तर, विगतका वर्षमा जस्तो ठूलो जाम भने नभएको ट्राफिक प्रहरीको दाबी छ । जाम न्यूनीकरणका लागि बिपी राजमार्गमा टिपर चलाउन रोक लगाइएको छ । त्यस्तै, चितवनदेखि काठमाडौँ आउने ठूला मालवाहक गाडीलाई राति १२ बदेदेखि बिहान ४ बजेसम्मको समय तोकिएको छ।

उपत्यकामा ट्राफिक प्रहरीले पनि चाडपर्वलक्षित विशेष चेकजाँच सुरु गरिसकेको छ । यात्रुवाहक गाडीको अवस्था जाँचदेखि, यात्रुको संख्या तथा लामो दूरीमा दुई चालक राखे-नराखेको हेर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीसँगको सहकार्यमा उपत्यकाका १६ स्थानमा यात्रु सहायक डेस्क स्थापना गरिसकेको छ । खासगरी चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रु नठगिऊन् भन्ने उद्देश्यले यस्ता डेस्क स्थापना गरिएको ट्राफिक कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए।

चाडपर्वको समयमा उपत्यकामा सवारीसाधनको संख्या घट्ने गर्छ । सडक खाली हुँदा सवारीसाधनको गति तीव्र हुने र दुर्घटनासमेत हुने गरेका छन् । यस्तो दुर्घटना रोक्न शनिबारदेखि दिउँसै मापसे जाँच सुरु गरेको छ । मापसेका साथै लापसे (लागुपदार्थ सेवन) र गाडीको यान्त्रिक जाँच पनि सुरु गरिएको एसपी अवदेश विष्टले बताए।

प्रतिक्रिया दिनुहोस