११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा १ मा अग्नि खरेल र विश्वप्रकाश शर्माबिच प्रतिस्पर्धा हुने 

अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ ।

प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सजिलो छैन ।

खरेल ओली सरकारमा महान्यायाधिवक्ता थिए, ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएपछि राजीनामा दिएर झापा गएका थिए । चुनाव लड्ने तयारकिा साथ उनी पछिल्लो २ वर्ष अधिकांश समय बिर्तामोडमा छन् ।

प्रदेश १ का इन्चार्ज घिमिरेले भने विगतमा सङ्गठन निर्माणका काम गरेका थिए । जनताबाट अनुमोदित हुने आफ्ना लागि पहिलो अन्तिम मौका भएको भन्दै घिमिरेले उम्मेदवार हुन चाहेपछि ओली अप्ठ्यारोमा परेका छन् ।

स्रोतका अनुसार पछिल्लो समय खरेललाई झापा १ को उम्मेदवार बनाउने विकल्प अघि सारिएको छ ।

एमालेमा झापा १ मा रविन कोइरालाको एकल नाम सिफारिस भएको छ । तर उनलाई प्रदेशसभामा उम्मेदवार बनाएर खरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र २ मा घिमिरेलाई टिकट दिने सम्भावना छ ।

त्यसो भएमा झापा १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता खरेलको प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनको भागवण्डामा भने झापा २ माओवादीले पाउने सम्भावना छ । त्यसो भएमा माओवादीकी धर्मशिला चापागाईँ र एमालेका देवराज घिमिरेबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस