९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा चाडपर्व लक्षित कडा सुरक्षा‚ ४ हजारभन्दा बढी प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ । दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ  । 

प्रदेशको राजधानीसमेत रहेको कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटना न्यून गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको छ।

स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दशैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। दशैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

चाडपर्वको समयमा जथाभाबी रूपमा सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई कारबाहीको दायरामा ल्याउनेछ। प्रदेशवासीलाई भयरहित वातावरणमा दशैं मनाउन आग्रहसहित प्रदेशभरि ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो।

दसैँको अवधिमा आर्थिक सङ्कटका कारण हुनसक्ने अपराधका घटना मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको हो। दशैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटनालगायत घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्स पनि परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस