१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणघाट पुलमा नारायणी नदीले नाघ्यो ११ मिटर

अ+ अ-

काठमाडौँ । नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।

नारायणी नदीको सतह बिहानैदेखि चेतावनीको तहभन्दा माथि पुगेको थियो। देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ। नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ। अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह ९.०९ मिटर पुगेको छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

नारायणी नदीको तह नारायणघाटस्थित पुलमा ११.७८ मिटर पुगेको छ। त्यहाँ ११ मिटर पानीको सतह पुग्दा नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिन्छ।

तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभागको वेबसाइटले पानीको सतह निरन्तर बढिरहेको जनाएको छ।

नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

यसैगरी पानीको तह चितवनको राप्ती र बूढी रापतीमा पनि बढिरहेको छ। रत्ननगर नगरपालिकास्थित बूढी राप्तीको बाढी वडा नम्बर ८ मा पर्ने बाघमारा क्षेत्रको बस्तीमा पसेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बाघमारास्थित रमाइलोडाँडा गाउँमा बाढी पसेर क्षति पुर्‍याएको जानकारी दिए।

लगातारको वर्षाले बस्तीमा पानी जमेपछि भरतपुर महानगरपालिका-२६ दिव्यनगरको सिसैका दुई परिवारलाई प्रहरीले स्थानीय विद्यालयमा सारेको छ।

प्रतिक्रिया दिनुहोस