९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेलधुरामा एमालेको समर्थनमा देउवासँग कर्ण मल्ल भिड्दै 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहराको नाम एकल सिफारिस गरेको थियो ।

तर उनलाई पछि हटाएर नेपाली काँग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । योसँगै २४ वर्ष प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगै उनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली काँग्रेसबाट विद्रोह गरी काँग्रेस (बिपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ ।

प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुनेछन् ।

गएको स्थानीय तह निर्वाचनमा एमालेले काँग्रेस बीपीसँग तालमेल गरेको थियो । ती दुई दलको तालमेलबाट कुनै पनि पालिकामा जित निकाल्न भने सकेनन् ।

स्थानीय तहको निर्वाचनमा काँग्रेसले पाँच र माओवादी केन्द्रले दुई पालिका जितेका छन् । सदरमुकाम गमगढीमा एमालेको सहयोगमा काँग्रेस बिपीबाट उम्मेदवार बनेका हरि भट्ट १९२ मतले पराजित भएका थिए ।

देउवासँग मल्लको सम्बन्ध बिग्रिएको काँग्रेसको १४ औँ महाधिवेशन अघिबाटै हो । त्यसबेला डडेलधुरा काँग्रेस सभापति रहेका मल्लसँग क्रियाशील सदस्यताको विवाद संस्थापन पक्षसँग चुलिएको थियो ।

मल्ल पक्षले बहिष्कार गरेको जिल्ला अधिवेशनबाट देउवा पक्षका भीमबहादुर साउद जिल्ला सभापति चुनिएका थिए । विवाद बढ्दै गएपछि मल्ललाई अनुशासनको कारबाही गरी मल्ल पार्टीबाट हटाइएका थिए ।

पार्टीले कारबाही गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिए । मल्ल काँग्रेस बीपीको उपाध्यक्ष समेत हुन् ।

डडेलधुरामा २०४८ सालदेखि लगातार प्रतिनिधिसभामा देउवा निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस