काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनका उम्मेदवारको टुङ्गो लागेको छ ।
प्रतिनिधिसभामा शेरबहादुर देउवा र डडेल्धुरा (क) मा माओवादी सुदूरपश्चिम इञ्जार्च खगराज भट्ट उम्मेदवार बन्ने सहमति भएको छ । उनी ०६४, ०७० र ०७४ मा तीन पटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए ।
प्रदेश सभा (ख) मा काँग्रेसको तर्फबाट गोविन्द बोहरा उम्मेदवार बन्ने छन् । उनी हाल सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत छन् ।
देउवासँग डडेल्धुरा काँग्रेसकै पूर्व सभापति कर्ण मल्ल नेकपा एमालेको समर्थनमा प्रतिनिधिसभामा भिड्नेछन् ।
०४८ सालदेखि देउवा डडेल्धुरामा निरन्तर चुनाव जित्दै आएका छन् । डडेल्धुरामा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो शक्तिमा रूपमा छन् । गठबन्धन अन्तर्घात नभए सहजै सबै उम्मेदवारको जित सुनिश्चित भएको नेताहरूको दाबी छ ।