९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर कति उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता ?

अ+ अ-

काठमाडौँ । देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै हालसम्म देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएको हो । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज (आइतबार) उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय बिहान १० देखि अपराह्न ५ बजेसम्म ताकेको थियो । उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसअनुसार प्रदेश नं.१ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४, मधेस प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७,  बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५,  गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१  र सुदूरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  

दर्ता भएका उम्मेदवारहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने आयोगले जनाएको छ । यस्तै भोलि २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने पनि आयोगले जनाएको छ ।​

प्रतिक्रिया दिनुहोस