६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डले पायो सेयर कारोबार रोक्का र फुकुवाको जिम्मा 

अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) हुँदा सेयर कारोबार रोक्काको जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको छ ।

राष्ट्र बैङ्कले यससम्बन्धी विनियमावली २०७३ लाई पाँचौँ संशोधन गर्दै सेयर कारोबार रोक्का गर्नेसम्बन्धी सम्पूर्ण जिम्मेवारी बोर्डलाई सुम्पिएको हो ।

अब बोर्डले बैङ्क तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्कासम्बन्धी निर्देशिका लागु गर्नेछ । धितोपत्र बोर्डले यसअघि नै मर्जरमा जाने तथा एक्विजिसन हुने कम्पनीको सेयर कारोबार बढीमा १५ दिनमात्र रोक्का हुने व्यवस्थाको मस्यौदा तयार पारेको छ ।

राष्ट्र बैङ्कले बोर्डलाई यससम्बन्धी सम्पूर्ण जिम्मेवारी दिएसँगै उक्त निर्देशिका लागु हुनेछ । तर, निर्देशिका पूर्ण रूपमा भने तयार भइसकेको छैन ।

धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसीका अनुसार बोर्डले उक्त निर्देशिका छिटै नै लागु गर्नेछ । निर्देशिकाको मस्यौदा भने तयार भएको छ ।

राष्ट्र बैङ्कले सेयर कारोबार रोक्कासम्बन्धी सम्पूर्ण अधिकार बोर्डलाई दिएसँगै अब बन्ने निर्देशिकाअनुसार कम्पनीहरूले सेयर कारोबार रोक्का र फुकुवा गर्नुपर्ने केसीले बताए ।

यसअघि बैङ्क तथा वित्तीय संस्थाहरूले लामो समयसम्म सेयर कारोबार रोक्का गर्दा लगानीकर्ता मर्कामा परेका थिए ।

राष्ट्र बैङ्कले बोर्डलाई यो जिम्मा दिएसँगै बोर्डले धितोपत्र कारोबार रोक्का गर्ने समयावधि नै तोकिदिने छ । यसले गर्दा लगानीकर्ताको सम्पत्ति धेरै समय रोक्कामा पर्नेछैन ।

यो निर्देशिका तिहारपछि मात्र लागु हुने केसीले बताए । लामो समयदेखि बिमा कम्पनी र बैङ्कहरूको सेयर कारोबार रोक्कामा रहेको छ । तर, यो निर्देशिका लागु भएसँगै निर्देशिकामा भएको व्यवस्था अनुसार कम्पनीहरूको सेयर कारोबार रोक्का हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस