५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राध्यापक-कर्मचारीलाई त्रिविको परिपत्र, राजनीतिमा संलग्न भए कारबाही गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलका क्रियाकलापमा संलग्न भए प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ। दलका क्रियाकलापमा संलग्न शिक्षक-कर्मचारीलाई कारबाहीको सिफारिस गर्न त्रिविले अन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, केन्द्रीय विभाग, महाशाखा र केन्द्रलाई परिपत्र नै गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएपछि त्रिविको प्रशासन महाशाखाले यस्तो परिपत्र गरेको हो। प्रशासन महाशाखा प्रमुख विष्णुप्रसाद अर्यालले पहिले पनि दलका गतिविधिमा संलग्न हुने गरेको सूचना आउने, उजुरी पर्ने गरेको र आगामी चुनावमा पनि यस्तो हुने देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्देशन कार्यान्वयन गर्न पत्र आएकाले परिपत्र गरिएको जानकारी दिए। 

यसअघि दलका तथा अन्य चुनावमा शिक्षक तथा कर्मचारीको संलग्नताका विषयमा उजुरीसमेत पर्ने गरेको उनले बताए। त्रिविको सेवासम्बन्धी नियम तथा राजनीतिक दलसम्बन्धी ऐनले सरकारी सेवामा रहेका शिक्षक-कर्मचारीलाई दलको सदस्यता लिन र गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ। 

त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम ०५० को परिच्छेद ९ को आचरणसम्बन्धी महलको नियम ६७ मा शिक्षक कर्मचारीले कुनै पनि दलको सदस्यता लिई वा नलिई राजनीतिक निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। 

त्यसैगरी, राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा १४ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्र राजनीतिक दलको सदस्य हुने व्यवस्था छ। 

कानुन विपरीत गतिविधिमा संलग्न हुने शिक्षक-कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरी पठाउनका लागि क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, विभाग, महाशाखा, अस्पताललाई परिपत्र गरेको छ। 

निर्वाचन आयोगले समेत सरकारी कर्मचारी, अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरूले पालना गर्नुपर्ने आचरण पालनाका लागि आग्रह गरेको छ। आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन ०७९ का लागि जारी गरेको निर्वाचन आचारसंहिता अनुगमन गर्दा त्यसको प्रतिकूल हुने गरी सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा त्यसमा आबद्ध कर्मचारी, शिक्षक, प्राध्यापक दलको प्रचारप्रसारमा लागेको पाइएको जनाएको छ। 

प्रचारप्रसारमा संलग्न कर्मचारी, शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाई बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्री सेयर र लाइक गर्ने घटना पाइएकाले कारबाही सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस