१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न सुरु

अ+ अ-

काठमाडौँ । सिन्धुलीमा निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न आजबाट सुरु हुँदैछ ।

सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन(टीबीएम) बाट सुरुङ खन्न लागेको हो ।

बहुउद्देश्यीय आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ। ३१.७ मेगावाट बिजुली पनि उत्पादन हुने सिंचाइ मन्त्री पम्फा भुसालको भनाइ छ ।

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोला तर्फबाट सुरुङ खन्न सुरु गर्ने आयोजना प्रमुख मित्र बरालले बताए । ‘यो ठ्याक्कै भरी–बबई डाइभर्सन परियोजनामा प्रयोग भएको प्रविधि हो,’ उनले भने, ‘टीबीएममार्फत आधुनिक प्रविधि प्रयोग गरेरै यो सुरुङमार्ग समयमै खनिसक्ने लक्ष्य लिएका छौं ।’

आयोजना प्रमुख मित्र बरालका अनुसार ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए निर्धारित समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने उनले बताए ।

तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिंचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ ।

प्रतिक्रिया दिनुहोस