६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

अ+ अ-

गलकोट । बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ ।

भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो । पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

अहिले बरेङका पाँचवटै वडामा स्वास्थ्य, कृषि र पशु शाखाका कर्मचारीलाई वडा सचिवको काममा खटाइएको शर्माले जानकारी दिए । प्रशासन तर्फका वडा सचिव नहुँदा प्राविधिक कर्मचारी खटाउँदा समस्या भएको छ ।’सवै वडा सचिव सरुवा भएर जानुभयो, अहिले वडा सचिवविहीन गाउँपालिका बनेको छ तर हामीले जनताको सेवालाई निरन्तरता दिन वडामै रहेका स्वास्थ्य, कृषि र पशु शाखाका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएका छौँ’, उनले भने ।

बरेङ गाउँपालिका-१ को कार्यालयमा स्वास्थ्यकर्मी, वडा नं २ को कार्यालयमा कृषि प्राविधिक, ३, ४ र ५ नं वडा कार्यालयमा पशु प्राविधिक सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए । उनले तिहारपछि दरबन्दीअनुसारका सचिव पदपूर्ति गर्ने बताए । रानाका अनुसार तिहारपछि प्रशासनतर्फ पाँचौँ तहका चार कर्मचारी आउने भएकाले समस्या हुँदैन ।

प्रतिक्रिया दिनुहोस