७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्खास्तीमा परेका न्यायाधीश श्यामसुन्दर अधिकारी रिट लिएर सर्वोच्चमा

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । न्याय परिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्ती गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

गत भदौ १५ गते न्याय परिषद्को बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई बर्खास्तीका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश कार्कीले अधिकारीलाई बर्खास्त गरेका थिए ।

पटक-पटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्मा उजुरी परेको थियो । बर्खास्तीको केही समयअगाडि गरेको एक फैसलामा समेत मोलाहिजा भएको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको थियो ।

अधिकारीले तराईको एक जिल्लामा रहँदा पनि आर्थिक लेनदेन गरेर फैसला गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा न्यायाधीश अधिकारीले आर्थिक लेनदेन गरेको पुष्टि भई न्यायपरिषद्समक्ष बर्खास्तीका लागि सिफारिस समेत भएको थियो । न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश अधिकारीलाई परिषद्कै बैठकमा माफी मगाएर सफाइ दिएका थिए ।

तर त्यसपछि पनि अधिकारीको बानी नसुध्रिएको र फैसलामा मोलाहिजा भएको पाइएपछि उनलाई बर्खास्त गरिएको एक न्यायपरिषद् सदस्यले बताएका थिए । तर बर्खास्तीको डेढ महिनापछि अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । भदौ १५ गते बर्खास्तीमा परेका अधिकारीले असोज २७ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । शुक्रबार उनको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।

प्रतिक्रिया दिनुहोस