६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु

अ+ अ-

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ ।

अमेरिकाका नौवटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन् । अक्टोबर १५ तारिख शनिबारदेखि दुई दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभाषी बीच सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा हो ।

परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको आयोजनामा आकर्षक पुरस्कार राशिसहितको सो महोत्सवमा पुरुष र महिला गरेर २९ टिमले प्रतिस्पर्धा गरिरहेको खेल आयोजक समितिका संयोजक दिपेश प्रधानले बताए ।

प्रतिस्पर्धामा न्यूयोर्क, मेरिल्याण्ड, मिनीसोटा, ओहायो, टेक्सास, केन्टकी, नर्थ क्यारोलिना, भर्जिनिया र पेन्सिलभेनिया राज्यबाट नेपालीभाषी युवायुवतीका टिमले सहभागिता जनाएको प्रधानले जानकारी दिए ।

उनका अनुसार विजयी पुरुष टिमलाई आठ हजार पाँच सय अमेरिकी डलर र उपविजेतालाई छ हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ । त्यसैगरी विजेता महिला टिमलाई तीन हजार पाँच सय, उपविजेतलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

अमेरिकाको कोलम्बस सहरमा मुख्यालय रहेको परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा सुरु हुने सो खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहकाबिच गर्नेछन् ।

अमेरिकी पूर्वीय समयअनुसार शनिबार बिहान ९ बजे (नेपाली समय साँझ) उद्घाटन हुने सो खेलमा पुरुषतर्फ २१ टिम प्रतिस्पर्धा गर्दैछन् भने महिलातर्फ आठवटा टिमको प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा न्यूयोर्कबाट रिजउड नेपाली समाज, म्याग्दी समाज र टिम बफेलो सहभागी छन् ।

मिनीसोटा राज्यबाट युनाइटेड मिनीसोटा, बिवाइएससी मिनीसोटा, बिवाइएससी गल्र्स भलिबल टिम, भर्जिनिया राज्यबाट रोनोक युनाइटेड र रोज टिम, मेरिल्याण्डबाट बेलमण्ट टिम, गुर्खाज टिम र बागलुङ टिम सहभागी भएका छन् ।

यसैगरी ओहायो राज्यबाट कोलम्बस यल्लो, सिनसिनाटी भलिबल क्लब, कोलम्बस ब्लू, कोलम्बस स्टार भिसी, सर्भाइभर्स, कोलम्बस फ्रेन्डसीप र फिप्टीस्टार युवा क्लबले सहभागिता जनाएका छन् भने टेक्सास राज्यबाट सुदूरपश्चिम नेपाली समाजका ए र बी टिम, केन्टकी राज्यबाट लेक्सिन्टन एएनकेए र केन्टकी एएनकेए वान साथै योङ स्टार लेडिज टिम प्रतिस्पर्धामा छन् ।

त्यस्तै नर्थ क्यारोलिना राज्यबाट इभिसीएनसी टिम र पेन्सिलभेनिया राज्यबाट योङ ब्लड टिम, राइजिङ स्टार टिम र युनाइटेड गल्र्स टिम प्रतिस्पर्धामा छन् ।

फाउण्डेसनका प्रवक्ता केशव आचार्यले अमेरिकामा नेपालीभाषी समुदायमा खेलकुदका माध्यमबाट आपसी सौहार्दता वृद्धि गर्दै युवायुवतीलाई सत्मार्गमा लगाउन विभिन्न खेलका प्रतिस्पर्धा आयोजना गरिँदै आएको बताए । उनले दुई हप्ता अघिमात्र अमेरिकाभरका ३८ टिमको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस