कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्ललाई सघाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभामा आकाङ्क्षी रहेका डा. तारा जोशीले गठबन्धनमा सिट नपाएपछि प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दर्ता गरेका विपी काँग्रेसका मल्ललाई सघाउने गरी सम्झौता पत्रका हस्ताक्षर भइसकेको छ ।
अघिल्लो पटक प्रदेश सभामा नेपाली काँग्रेसबाट निर्वाचित कर्ण मल्ल अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध खडा भएका छन् भने अघिल्लो पटक मल्लसँग झिनो मतान्तरले पराजित जोशी अहिले मल्ललाई जिताउन कस्सिएका छन् ।
काँग्रेस जिल्ला सभापति रहेका मल्ल प्रदेश सभामा विजयी हुँदा एमाले जिल्ला अध्यक्ष रहेका जोशी ३५६ मतले पराजित भएका थिए । अहिले दुवै जनाले एक अर्कालाई जिताउने गरी तालमेल गरेका हुन् ।
यस अघि एमालेले प्रतिनिधि सभामा विपी काँग्रेसलाई सघाउने बताएको थियो । तर, प्रदेश सभामा बिपी काँग्रेसले नेकपा एकीकृत समाजवादीलाई सघाउने बारे छलफल सुरु गरेपछि एमालेले तालमेल नरहेको प्रस्ट पारेको छ ।
हेर्नुहोस् सम्झौता :
