८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ सय मिटर हर्डल्समा जयरानीले जितिन् स्वर्ण

अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् ।

पोखरा रंगशालामा आइतबार भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गरिन् । यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समयसहित कांस्य जितिन् ।

गत असारमा काठमाडौँमा भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ०७.०२ सेकेण्डको टाइमिङसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।त्यतिबेला उनले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोडेकी थिइन् ।

जयरानी आफूले स्वर्ण जित्नेमा ढुक्क नै थिइन् । ‘म कीर्तिमान सुधारकै लागि दौडिएकी थिएँ । सोचेभन्दा राम्रो प्रदर्शन भएकोमा खुसी छु,’ भन्छिन्, ‘मेरो इभेन्टमा प्रतिस्पर्धा कम हुने गरेको छ । तयारी पनि राम्रो भएकाले अनुकुल नतिजा आउनेमा ढुक्क थिएँ । अवसर पाएमा आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

एथलेटिक्सको दोस्रो दिन आइनबार हर्डल्सको फाइनल स्पर्धाको तालिका थिएन । तर १२ जनाले नाम दर्ता गरेकोमा ५ जनाले फिर्ता लिएपछि सिधै फाइनल खेलाइएको हो ।

यसअघि आइतबार नै पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपक अधिकारीले स्वर्ण जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस