१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा निर्वाचन तर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ ।

निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सिटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।

परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सिटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन ।

अर्थात करिव आधा सिटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलको ४७.८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य रहेको छ ।

प्रदेश सभाका कुल सिटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सिटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ । यस्तै, प्रदेश सभाको १३ सिटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सिटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सिटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् ।

प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस