७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरी ६७ औँ वर्षमा, डिआइजी गिरीलाई प्रहरी ब्याटन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ६७ औँ प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।

यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डिआइजी गिरीलाई प्रहरी व्याटन प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

प्रहरी ब्याटनमा छनोट गर्नुअघि अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी नेतृत्वको कार्यदक्षता मूल्याङ्कन टिमले स्थलगत अनुगमन गरेको थियो । स्थलगत रूपमा अनुगमन गरेर प्रदेश र उपत्यका प्रहरी कार्यालयको बिचमा प्रतिस्पर्धा गराउँदा उत्कृष्ट हुने युनिटले प्रहरी व्याटन पाउँछन् । प्रतिस्पर्धामा प्रदेश–१ प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

प्रदेश प्रहरी कार्यालय, सो मातहतको जिल्ला, दङ्गा, गण, चौकी र ट्राफिक व्यवस्थापनबारे अनुगमन गर्दा डिआइजी गिरीको कमाण्ड कन्ट्रोल, अफिस व्यवस्थापन र अपराध अनुसन्धान उत्कृष्ट रहेको मूल्याङ्कन समितिको निष्कर्ष छ । समितिको सिफारिसका आधारमा गिरीले ब्याटन पाउन लागेका हुन् ।

प्रहरी दिवसको अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिने प्रहरी प्रवक्ता (डिआइजी) टेकप्रसाद राईले बताए ।

यसैबिच डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाउने भएका छन् । कुल ५० हजार राशि बराबरको सो पुरस्कार २५ हजार नगद र २५ हजार बराबरको मेडल दिने गरिन्छ । प्रहरी वृत कालिमाटीमा कार्यरत घिमिरेलाई पूर्ण शान्ति पुरस्कारका लागि छनोट गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

पूर्ण शान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तीदेवी खवासले स्थापना गरेका हुन् । विशेष ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गर्न लागिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गर्न लागिएको छ । डीएसपी कुँवरले झापामा एकजना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस