१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीको गुप्तपानी सामुदायिक वनको २५ लाख हिनामिना, ४ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। 

कैलालीको चुरे गाउँपालिका-३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध २५ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दाका प्रतिवादीहरू समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा समूहको २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको अख्तियारले पुष्टि गरेको छ। 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२।०७३ र ०७३।०४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धानका क्रममा सामुदायिक वनबाट भएका आम्दानी रकम बिल भर्पाईविना खर्च गरेको देखाई सक्कल बिल भर्पाई समेत नभएको अख्तियारले जनाएको छ। साथै नक्कली फोटोकपी बिल भर्पाईहरू राखी खाई मासेको पाइएको प्रवक्ता भण्डारीले बताए। 

अख्तियारले हिनामिना भएको रकम बराबरको बिगो कायम गरी समूहका अध्यक्ष आचार्यबाट असुल गरी कैद र जरिवाना गर्न माग गरेको छ भने सचिव भाट र कोषाध्यक्ष विष्टलाई १८ लाख ३८ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुख्य प्रतिवादी मनिराम आचार्य सरहको सजाय हुन माग दाबी गरेको छ। अर्का प्रतिवादी अडिटर नाथले भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेस गरी रकम हिनामिना गर्नमा सहयोग गरेको भन्दै कैद तथा जरिवाना माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस