काठमाडौँ । नेपाली काँग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् ।
जसको सदस्यमा डा.रामशरण महत, डा.प्रकाशशरण महत, उमा रेग्मी, जिपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेललगायतका केन्द्रीय सदस्यहरू पनि छन् ।