८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानको कारागारमा आगलागी हुँदा ४ को मृत्यु, ६१ जना घाइते

अ+ अ-

तेहरान । इरानको ‘कुख्यात’ कारागार एभिनमा शनिबार भीषण आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई थुन्ने गरिएको उत्तः कारागारमा आगलागी हुँदा ६१ जना घाइते भएका छन् ।

पछिल्लो समय इरानमा नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । गएको महिना प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिस इरानी महिला माहसा आमिनीको मृत्यु भएपछि पहिलोपटक त्यस्तो विरोध सुरु भएको थियो ।

सरकारी अधिकारीहरूले हृदयाघातका कारण उनको मृत्यु भएको बताएका थिए । माहसाका आफन्तले भने नैतिकता कायम गर्न खटाइएका प्रहरीको पिटाइबाट उनको मृत्यु भएको दाबी गरेका थिए ।

बीबीसी पर्सियाका लागि पत्रकार राना रहिमपुरले कारागारको घटना प्रदर्शनसँग सम्बन्धित रहे-नरहेको स्पष्ट नभएको बताएका छन् । विरोध प्रदर्शनका क्रममा समातिएका सयौँ व्यक्ति त्यहाँ थुनिएकाले सो सम्भावना पनि नकार्न नसकिने उनले बताएका छन् ।

सरकारी सञ्चारमाध्यम इर्नाले भने आगलागीसँग प्रदर्शनको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ । घटनामा आपराधिक तत्त्वको हात रहेको र आठ जना जलेर घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस