१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलको क्षेत्रमा मन्त्री कुँवर र बोहराबीच हुँदैछ यस्तो चुनावी भिडन्त

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा.भीम रावललाई टिकट नदिएपछि अछाम-१ चर्चाको विषय बनेको छ । एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल उम्मेदवार बन्न वञ्चित भएपछि अछाम-१ चर्चामा छ ।

एमाले अछामले क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि रावलको नाम एकल सिफारिस गरेको थियो । जिल्लाबाट निर्विकल्प सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट थमाए । यसले एमाले अछाममा विद्रोह निम्त्याएको छ । अछाम-१ का एमाले संयोजकसहित रावल निकट करिब ४० जना एमाले नेता-कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिए ।

अछाममा उम्मेदवारी मनोनयनका क्रममा रावल समर्थकले एमाले उम्मेदवार बोहरालाई कालोझण्डा देखाउँदै पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए । तर एमाले अछामले नेताहरूको सामूहिक राजीनामालाई बहुमतले अस्वीकृत गरेको छ । राजीनामा दिएका नेताहरू कात्तिक ४ गतेबाट चुनावी अभियानमा सहभागी हुने एमालेका क्षेत्रीय संयोजक प्रकाश शाहले बताए ।

तर बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भीम रावलले एमालेका सबै उम्मेदवारलाई मत माग्न नसकिने बताए । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरूलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरूका लागि मत माग्न नसक्ने बताए । रावलले देशभक्त, मार्क्सवादसँग प्रतिबद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

तर अछाम-१ का उम्मेदवार बोहरालाई मत माग्ने वा नमाग्ने भनेर रावलले कुनै निर्देशन भने नदिएको संयोजक शाहले बताए ।

यता रावल अछामको अभिभावक भएको भन्दै एमालेलाई जिताउन सहयोग गर्नेमा बोहरा विश्वस्त छन् ।

अछाम-१ मा एमालेलाई मात्र नभई सत्ता गठबन्धनलाई पनि चुनौतीको पहाड बन्ने देखिन्छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

श्रीमन्त कुँवरलाई काँग्रेस र माओवादीको दरिलो साथ छ । उनको सारथिका रूपमा प्रदेशसभा (क) मा काँग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र (ख) मा माओवादीका नेता दीपक साउद उम्मेदवार छन् । यद्यपि प्रतिनिधिसभातर्फ गठबन्धनविरुद्ध काँग्रेसका युवा नेता राजन कुँवरको बागी उम्मेदवारी परेको छ ।

जिल्ला अधिवेशनमा काँग्रेस अछामका सभापतिका प्रत्याशी राजनले मन्त्री कुँवरविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री कुँवरका अनुसार गठबन्धनले राजनलाई उम्मेदवारी निष्क्रिय बनाउन दबाब दिइरहेको छ ।

उम्मेदवारी निष्क्रिय बनाउने/नबनाउने विषयमा आन्तरिक परामर्श भइरहेको राजनको भनाइ छ । तर उनको उम्मेदवारी निष्क्रिय भएन भने पनि दलका अगाडि व्यक्तिको केही नलाग्ने मन्त्री कुँवरको भनाइ छ ।

एमालेभित्रको विद्रोह र स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन दोब्बर मतले अघि हुँदा राजनको उम्मेदवारीप्रति मन्त्री कुँवर खासै गम्भीर छैनन् । काँग्रेसबाट राजनीति गर्ने कुँवर समुदायका नेताबाट मन्त्री शेरबहादुर कुँवरलाई जिताउन राजनको उम्मेदवारी निष्क्रिय बनाउन लबिङ भइरहेको छ । अछाम-१ को राजनीतिमा शेरबहादुर कुँवरलाई जातीय फ्याक्टरले पनि साथ दिँदै आएको देखिन्छ । कुँवरको बाहुल्य रहेका कारण उनलाई यो फ्याक्टर पनि ‘प्लस प्वाइन्ट’ का रूपमा देखिन्छ ।

आफू अहिले आयात गरिएको कार्यकर्ता नभएको भन्दै उनले अछामका हरेक घरमा पुगेको दाबी गरे ।

सत्ता गठबन्धनबाट आफ्नो उम्मेदवारीले अछाम १ मा उत्साह जागेको मन्त्री कुँवर बताउँछन् । एमाले देशभर ३३ वटा सिटमा खुम्चिँदा पनि त्यतिबेला अछाम-१ मा कुँवरलाई जित निकाल्न कठिन भएन ।

यस पटक सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये एकीकृत समाजवादीले अछाम-१, डोटी र बझाङमा उम्मेदवारी दिएको छ ।

एमालेका उम्मेदवार बोहरा भने गठबन्धनमा आबद्ध दलहरू प्राविधिक रूपमा मात्र एक भएको तर मतदाताले त्यसरी मत नदिने दाबी गर्दछन् ।

विगतमा एमाले नेतृत्वको सरकारले जनप्रिय र लोकप्रिय काम गरेकाले आफूहरू चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ । एमालेको राष्ट्रवादी अडान र जनपक्षीय एजेण्डा नै आफूहरूको जितको आधार भएको उनले बताए ।

आफू सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री हुँदा गरेको विकासले पनि एमालेलाई मत प्राप्त हुने बोहरा बताउँछन् । अर्कोतिर राजनको स्वतन्त्र उम्मेदवारी अन्तिमसम्म रहे एमालेलाई चुनाव जित्न थप सहज हुने एमाले नेताहरूको बुझाइ छ ।

यद्यपि रावल पक्षले मन्त्री शेरबहादुर कुँवर वा स्वतन्त्र उम्मेदवार राजनमध्ये एक जनालाई सघाउने चर्चा पनि अछाममा व्यापक छ ।

यस्तै गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अछाम–१ का पालिकामा एमाले शून्य छ भने काँग्रेस ४ र माओवादी केन्द्रले एउटा पालिका प्रमुख जितेको छ । अछाम-१ का ४२ वडामध्ये काँग्रेसले १९, एमालेले १३, माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र ३ जना वडाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

अछाम-१ मा साँफेबगर नगरपालिका, रामारोशन, बान्नीगढी, चौरपाटी, मेल्लेख गाउँपालिका पर्छन् । साँफेबगरको मेयरमा काँग्रेस र उपमेयरमा एकीकृत समाजवादी निर्वाचित भएका छन् । १४ वडामध्ये काँग्रेस ८, एमाले ३, स्वतन्त्र २, र एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।

यस्तै रामारोशन गाउँपालिका अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । यहाँका ७ वडामा माओवादी ३, काँग्रेस र एमाले २-२ वडामा निर्वाचित भएका छन् ।

यता मेल्लेखको अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस निर्वाचित भएको थियो । ८ वडामध्ये एमालेबाट ३, काँग्रेसबाट २, माओवादी, एकीकृत समाजवादीबाट १-१ र एक जना स्वतन्त्रले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

बान्नीगढीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमालेले बाजी मारेको थियो । ६ वटा वडामध्ये काँग्रेसले ३, एमालेले २ र माओवादीले एउटा वडा जितेको छ ।

चौ पाटीमा अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसबाट निर्वाचित छन् । चौरपाटीका ७ वडामध्ये काँग्रेसले ४ र एमालेले ३ वटा जितेको छ । यहाँ काँग्रेस वडाध्यक्षको मत १६ हजार ७२८ छ भने एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र एकीकृत समाजवादीका वडाध्यक्षले २ हजार ७५२ मत पाएको देखिन्छ ।

स्थानीय निर्वाचनको पहिलो, दोस्रो र तेस्रो शक्तिको साझा उम्मेदवारका रूपमा मन्त्री कुँवर मैदानमा छन् । गठबन्धनले स्थानीय निर्वाचनमा २६ हजार २७० मत पाएको छ भने एमाले ९ हजार ७०३ मतले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस