९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुलेन सयपत्री, किसान समस्यामा

अ+ अ-

धनकुटा । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।

यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा रु ५० लाखभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल नफुल्दा किसानहरु मारमा परेका वडा अध्यक्ष विकास घिमिरेले जानकारी दिए । किसानहरुको फूल खेतिमा लगानी र व्यापार राम्रो भएकाले २०७५ सालमा वडाले विशेष अनुदानको व्यवस्था गरेर उन्नत जातको फूल खेती कार्यक्रम सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार गाउँमा फूल राम्रो उत्पादन भए पनि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुनः किसान पारम्परिक खेतीमा फर्किएका थिए । किसानले गाउँभरी लगाएका फूल समसमै नफूल्दा समस्यामा परेको लाँकुरे गाउँका २५ वर्षीया नवीन मल्लले जानकारी दिए ।

गतवर्ष पाँच रोपनीमा फूल लगाएर रु एक लाख ५० हजारमा बेचेका मल्लले यो वर्ष चार रोपनीमा लगाएको फूल भरखर मात्र फूल्न थालेका छन् । मल्लको जस्तै उक्त गाउँमा ५० भन्दा बढी किसानले लगाएको सयपत्री फूल नफूलेपछि तिहारमा फूल अभाव हुने देखिएको उनले जानकारी दिए ।

‘जम्मा तिहारमा लक्ष्मी पूजाको एक दिन फूल व्यापार हुन्छ । यो फूल तिहारमा बेच्नेगरी नफुल्ने भो । अब सबै उखालेर फ्याँक्नुपर्ला’, मल्लले भने।

मल्लको जस्तै सिलिङ्ग्वा टोलका ५३ वर्षीया राजकुमार राईले चार रोपनीमध्ये दुई रोपनीमा लगाएको सयपत्री फुलेको छैन । अगाडि लगाएको फूल अधिक वर्षाको कारण बिग्रिएको र पछि रोपेको फूल फूलेको छैन । ‘अब काटेर बाख्रालाई घाँस खुवाउने’, राईले भने।

त्यस्तै १ रोपनीमा फूल रोपेका स्याउलेका राधादेवी घिमिरेले गाउँमा किसानले लगाएको फूल कसैको पनि नफूलेको जानकारी दिए । छोरालाई भनेर फूल फूलाउने औषधि लगाए पनि तिहारमा फूल्ने छाँटनभएको उनले बताए । ‘दसैँमा फूलेको भए तिहारसम्म पुग्थ्यो होला १ तर यो पाली तिहार छिटो आएर पनि फूल नफूल्ने भयो’, उनले भने ।

जिल्लामा हाल सयपत्री फूलको व्यवसायीक खेती नभएको र मौसमी खेती मात्र हुनेगरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जलवायु परिवर्तनका कारण मौसम परिवर्तन र कृषि क्षेत्रमा प्रयोग हुने अधिक विषादीका कारण समयमै फूल नफूलेको हुनसक्ने कार्यालय प्रमुख नगेन्द्रबहादुर राणाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस