१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी तथा विशिष्ट अतिथिलाई वन कार्यालय अनौठो उपहार

अ+ अ-

काठमाडौँ । डिभिजन वन कार्यालय बाराले जिल्लामा आउने विशिष्ट अतिथिलाई अनौठो उपहार दिने गरेको छ । मन्त्री, सचिव तथा विभागबाट आउने उच्च तहका कर्मचारीलाई सो कार्यालयले उपहारस्वरूप ‘भीम सखुवा’को तस्बिर दिने गरेको हो ।

सो कार्यालयले वन जङ्गलको महत्त्व झल्काउन र संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लाकै पहिचानको रूपमा रहेको ‘भीम सखुवा’को तस्बिर उपहारस्वरूप अतिथिहरूलाई दिने गरेको हो । यसरी अतिथिलाई उपहारस्वरूप ‘भीम सखुवा’ को तस्बिर दिने सुरुवात तत्कालीन डिभिजन वन अधिकृत मञ्जुर अहमदले गरेका हुन् 

करिव एक वर्षअघि वन विभागका तत्कालीन महानिर्देशक मानबहादुर खड्का सेवा निवृत्त भएपछि उपहार स्वरूप भीम सखुवाको तस्बिर प्रदान गरिएको थियो । त्यसयता हालसम्म मधेस प्रदेशका वन मन्त्री शत्रुधन महतोसहित वन सचिव, विभागका महानिर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख, प्रदेशका वन सचिव गरी दर्जनौँ अतिथिलाई वन कार्यालय बाराले भीम सखुवाको तस्बिर प्रदान गर्दै आएको छ ।

पछिल्लो समय वनजंगलको विषयमा राष्ट्रिय रूपमा हुने छलफलमा बाराको भीम सखुवाको चर्चा हुने गरेको अहमदले जनाए । जिल्लाको १६ वटा पालिकामध्ये उत्तरतर्फ रहेका जीतपुर सिमरा, कोहल्वी र निजगढ नगरपालिकामा मात्रै राष्ट्रिय, साझेदारी तथा सामुदायिक वन छ भने दक्षिणतर्फ केही ठाउँमा निजी वनको सुरुवात भएको छ ।

बाराका डिभिजन वन अधिकृत विनोद सिंहले २०४५ सालमा वन विज्ञान अध्ययन भ्रमणमा क्रममा बाराको भीम सखुवा हेर्न आएको बताए । पछिल्लो समय धार्मिक रूपमा पनि स्थानीयले भीम सखुवालाई पूजा गर्दछन् । यो रुखको विषयमा खासै अध्ययन अनुसन्धान नभए पनि यो नेपालकै इतिहासमा साल प्रजातिको पुरानो र मोटो रुख भएको अनुमान गरिएको छ ।

महाभारतमा भीम सबैभन्दा बलियो र मोटो भएको हुनाले यो रुखको नाम ‘भीम सखुवा’ राखिएको हुन सक्ने मान्यता छ । करिव २ सय वर्ष पुरानो यसको गोलाई १८ फिट छ । यो रुख पूर्व-पश्चिम राजमार्गको तामागढी गेटदेखि कोहल्वी जाने सडक खण्डमा पर्दछ । वन विभागका पूर्व महानिर्देशक मानबहादुर खड्का नेपालमा पाइने साल प्रजातिको रुखमध्ये भीम सखुवा सबैभन्दा पुरानो र मोटो भएको बताउँछन् । नेपालका अन्य जङ्गलमा अहिलेसम्म भीम सखुवाजत्रो साइजको रुख नभेटिएको पूर्व महानिर्देशक खड्काले जनाए । खड्का २०६९ देखि ०७१ सम्म जिल्ला वन अधिकृत भएर २ बारामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस