८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्या बुझेको छु, जनताको विश्वासलाई टुट्न दिन्न : रामचन्द्र पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका-१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका वरिष्ठ नेता पौडेलले भने, ‘यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।’ उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिए ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए। ‘लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश-१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको बताए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले गठबन्धनले संविधान जोगाएको र अब थिती बसाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस