९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदिप ज्ञवाली र चन्द्र भण्डारीविच हुँदैछ यस्तो रोचक प्रतिस्पर्धा, यस्तो छ उनीहरूको दाबी !

अ+ अ-

काठमाडौँ । गुल्मी-१ का लागि नेपाली काँग्रेसका चन्द्र भण्डारी र प्रदीप ज्ञवाली पुरानै प्रतिस्पर्धी हुन्। यसपालि मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा पनि यो क्षेत्रमा उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ। गुल्मी-१ का मतदाताले उनीहरूलाई पालैपालो निर्वाचित गराएको इतिहास छ।

२०५६ सालको चुनावमा ज्ञवालीले क्षेत्र नम्बर २ बाट काँग्रेसका चन्द्र केसीसँग प्रतिस्पर्धा गरेका थिए। त्यस निर्वाचनमा ज्ञवाली नै विजयी भए। त्यसपछि २०६४, २०७० र २०७४ र २०७९ सम्मको चुनावमा ज्ञवाली गुल्मी-२ बाट उठ्दै आएका छन्।

यसअघिका तीन चुनावमा यस क्षेत्रका मतदाताले दुई पटक भण्डारी र एक पटक ज्ञवालीलाई प्रतिनिधि चुनेका छन्। २०६४ सालको निर्वाचनमा ज्ञवालीले चुनाव जितेका थिए भने २०७० को निर्वाचनमा भण्डारी निर्वाचित भएका थिए। यस्तै, २०७४ को निर्वाचनमा ज्ञवाली चुनिएका थिए। २०७४ सालको चुनावमा ज्ञवालीले वाम गठबन्धनको साथ पाएका थिए। यसपटक भण्डारीलाई सत्ता गठबन्धनको साथ रहेको छ।

गत वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धन एमालेभन्दा १ हजार ६० मतले मात्रै अघि छ। काँग्रेसका उम्मेदवारहरूले ३१ हजार २ सय ९४ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारहरूको मत ४ हजार ९ सय ७० रहेको छ। यहाँ नेकपा (एकीकृत समाजवादी) को मत ४९७ मात्रै छ।

एमाले वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत ३५ हजार ७ सय १ छ। पालैपालो निर्वाचन जित्ने ज्ञवाली र भण्डारीमध्ये मतदाताको रोजाइमा यसपटक को पर्लान् ? उनीहरू दुई जनामध्ये को बलियो छ भन्ने कुरा अहिले नै प्रष्ट भइसकेको छैन।

पार्टी विभाजित हुँदा पनि सत्ता गठबन्धनभन्दा अलिकति मात्र कम मतले पछि परेका ज्ञवालीलाई लगातार दुई पटक जित्न तटस्थ मतदाताको मत आफूतिर तान्नुपर्ने चुनौती छ। ०६४ का यताका तीन वटै चुनावमा लगातार दुई पटक एकै उम्मेदवारलाई नजिताएका गुल्मी-१ का मतदातालाई ज्ञवालीले आफूलाई फेरि सांसद बनाउन कन्भिन्स गराउनु पर्नेछ।

ज्ञवाली आफ्नो पार्टीको मात्र असन्तुष्ट काँग्रेस पक्षले आफूलाई मत दिनेमा विश्वस्त देखिन्छन्। गुल्मीको विकास निर्माण र विपद् व्यवस्थापनमा निर्वाह गरेको भूमिकाले जनताले आफूलाई फेरि चयन गर्ने उनको दाबी छ।

आफ्नो विजयप्रति ढुक्करहेको बताउँदै ज्ञवालीले काँग्रेस आफ्नो पहिचान गुमाउने स्थितिमा पुगेको भन्दै असन्तुष्ट साथीहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । एमालेको सुदृढ सङ्गठन र सत्ता गठबन्धनका असन्तुष्ट साथीहरूको सद्भावका कारण निर्वाचन परिणामप्रति आफूले तनाव नलिएको उनले बताए ।

काँग्रेस उम्मेदवार भण्डारीलाई भने माओवादीको सबै मत आफूतिर तान्नुपर्ने चुनौती छ।

सत्ता गठबन्धनकै कारण आफ्नो जित सहज रहेको उनी बताउँछन्।

२०७० मा निर्वाचित हुँदा मैले गरेका कामका कारणले पनि जनताले आफूलाई निर्वाचित गराउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस