६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि र नेविसंघबीच ८ बुँदे सहमति, ताला खुल्यो (पत्रसहित)

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि नेता विष्णु बहादुर बडैलाले जानकारी दिए ।

सहमतिअनुसार व्यवस्थापन संकाय बिबिएतर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्न पत्रहरूमा देखिएको समस्याका विषयमा अध्ययन समिति गठन गरिनेछ । त्यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्रा डा।घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिहरू उपर कारबाही गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानहरूको परीक्षा प्रणालीमा त्रुटिहरू देखिएकोले सम्पूर्ण पक्षहरूलाई अध्ययन गरी डीन कार्यालयहरू र परीक्षा नियन्त्रण कार्यालयले ३ महिना भित्र कार्यविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिना भित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबिच भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गर्ने कार्यहरू र प्रमाणपत्र वितरण कार्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरू मार्फत समेत गर्ने, विश्वविद्यालयमा घटित अप्रिय घटना तथा उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै आगामी दिनमा संवेदनशील बनेर विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको त्रिपक्षीय सम्बन्धलाई स्थापित गर्ने र हरेक मुद्दाहरूलाई वार्ता, संवाद र सहमतिबाट समाधान गर्ने सहमति समेत गरिएको छ । यी सहमतिपछि नेविसंघले विश्वविद्यालयमा लगाएको तालाबन्दी लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैबाट फिर्ता लिएको छ ।

लामो समयदेखि नेविसंघले तालाबन्दी गर्दा पठनपाठनसँगै विश्वविद्यालयले आफ्ना गतिविधि अगाडि बढाउन सकेको थिएन । लामो समयदेखि त्रिविले मागका विषयमा कुनै सुनुवाइ नगरेपछि नेविसंघ आफैँले वार्ताका लागि अग्रसरता देखाएको थियो ।

हेर्नुस् पत्र:

प्रतिक्रिया दिनुहोस