११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतकी प्रधानमन्त्री ट्रसले दिइन् राजीनामा

अ+ अ-

काठमाडौँ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट राजीनामा दिएकी छिन् ।

उनी आगामी नेतृत्व चयन नभएसम्मका लागि देशको प्रधानमन्त्री रहनेछिन् । अब कन्जर्भेटिभले ट्रसको उत्तराधिकारी खोज्न एक हप्ता लामो आपत्कालीन प्रतिस्पर्धा गराउनेछ । ट्रसले जम्मा ४५ दिन पदमा रहँदै बेलायतको इतिहासमा सबैभन्दा थोरै समय प्रधानमन्त्री रहने इतिहास बनाएकी छिन् ।

ट्रसले नेतृत्व प्रतिस्पर्धाका क्रममा वाचा गरेका नीति समेटेर सेप्टेम्बर २३ मा एक मिनी-बजेट ल्याएकी थिइन् । तर, बजेट घोषणालगत्तै देशको वित्तिय बजारमा गिरावट आयो । त्यसपछि नै उनको दिनगन्ती सुरु भएको बताइन्छ । बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर राजीनामा दिनुअघि ट्रसले ‘कन्जर्भेटिभ पार्टीका ब्याकबेन्च सांसदहरूको ‘१९२२ समिति’का सभापति ग्राहम ब्राडी, उपप्रधानमन्त्री थेरेस कोफी र पार्टी अध्यक्ष जेक बेरीलाई भेटेकी थिइन् ।

ट्रसले राजीनामा दिने क्रममा आफू ‘न्यून कर, उच्च आर्थिक वृद्धिको भिजन’ लिएर प्रधानमन्त्री बनेको’ तर ‘अहिलेको परिस्थितिमा पार्टीबाट जुन म्यान्डेटका लिएर निर्वाचित भएको हो, त्यही कार्यान्वयन गर्न असफल भएपछि’ पार्टी नेतृका रूपमा राजीनामा दिएको बताएकी छिन् ।

विपक्षी दलहरूले भने एक स्वरमा सत्तारूढ कन्जर्भेटिभ पार्टीले अब थप शासन गर्ने जनादेश गुमाएकाले तत्काल आमनिर्वाचन गराउन माग गरेका छन् । अब सबैको ध्यान ‘फ्यास्ट ट्र्याक मार्ग’मा हुने ट्रसको उत्तराधिकारी चयनमा हुनेछ । नयाँ नेता अक्टोबर २८ सम्म चुनिसक्ने कन्जर्भेटिभ पार्टीभित्रको नेतृत्व चयन गर्ने समिति ‘१९२२ समिति’का अध्यक्ष ब्राडीले बताएका छन् ।

हालका वित्तमन्त्री जेरेमी हन्ट र पूर्व क्याबिनेट मन्त्री माइकल ग्रुभले आफू आगामी नेतृत्वका लागि नउठ्ने बताएका छन् । पूर्ववित्तमन्त्री ऋषि सुनक उम्मेदवार हुन सक्छन् । त्यस्तै, केमी बदेनोच, पेनी मोरडोन्ट र ग्रान्ड स्याम्प्सले पनि उम्मेदवारी दिने चर्चा छ । पूर्वप्रधानमन्त्री बोरिस जोनसन पुनः फर्किने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस