काठमाडौँ । झापा १ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।
आचारसंहिता विपरीत आगलागीपीडितलाई आर्थिक सहयोग गरेको भन्दै आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न शर्मालाई निर्देशन दिएको हो।
आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट प्राप्त भएको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको फोटो फेसबुकमा सेयर गरेको भेटिएको आयोगले जनाएको छ।
