७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनिक भवनका लागि निःशुल्क जग्गा दिने १८ जग्गादातालाई सम्मान

अ+ अ-

खोटाङ । साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने १८ जग्गादातालाई सम्मान गरेको छ ।

गाउँपालिकाले दसैँ, तिहार, छठ तथा किरात समुदायको साकेला उँधौली चाडका अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

मानेभञ्ज्याङस्थित गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ १० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने साकेला–२ का काजीबहादुर खत्री, तीन रोपनी दिनुभएका राजकुमार सुवेदी, पाँच रोपनी दिने भीमबहादुर सुवेदी, छ रोपनी दिने बलराम राई र एक रोपनी दिने विष्णुकुमारी कटवाललाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए ।

चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडालाई एक रोपनी दिने पदमबहादुर कामी, साकेला स्वास्थ्य चौकी रतन्छालाई सात रोपनी दिने मानबहादुर राई, वडा कार्यालय रतन्छालाई दुई रोपनी पाँच आना दिने रुपेश राईलाई सम्मान गरिएको छ ।

साकेला आधारभूत अस्पताल निर्माणार्थ चार रोपनी आठ आना दिने तुलराम राई, तीन रोपनी छ आना दिने रामकुमार राई र एक रोपनी दुई आना जग्गा दिने सञ्जय राईलाई पनि सम्मान गरिएको छ ।

वडा नं ४ को कार्यालय भवन निर्माण गर्न तीन रोपनी जग्गा दिने देउकुमार श्रेष्ठ तथा एक÷एक रोपनी दिने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।

आधारभूत स्वास्थ्य इकाइको भवन निर्माण गर्न तीन रोपनी आठ आना र धनबरे खेलमैदान साकेला–४ लाई चार रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ ।

आधारभूत स्वास्थ्य इकाइ साकेला–४ को भवन निर्माण गर्न एक रोपनी दिने हीरामाया श्रेष्ठ र आठ आना जग्गा निःशुल्क प्रदान गर्नुहुने पूर्णकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ ।

विभिन्न कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादातालाई गाउँपालिका प्रमुख रविप्रकाश राई, पूर्वप्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’, उपप्रमुख बिर्सिका राई र पूर्वउपप्रमुख सरिता खड्काले संयुक्तरुपमा सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यसैबीच, साकेला गाउँपालिकाको शिक्षा शाखाले प्रकाशन गरेको शैक्षिक पाश्र्वचित्रसमेत विमोचन गरिएको छ । पालिकाभित्र सञ्चालित माध्यमिक र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिकसहित सम्पूर्ण विषय समेटिएको पाश्र्वचित्र प्रमुख रविप्रकाश, पूर्वप्रमुख ‘झङ्कार’, उपप्रमुख बिर्सिका र पूर्वउपप्रमुख खड्काले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस