८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप फुटबल हिमालय टिभीबाट प्रसारण हुने

अ+ अ-

काठमाडौँ । विश्वकप कतार २०२२ का सबै खेलहरू हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् ।

हिमालय टेलिभिजनबाट दुई वटा च्यानलबाट खेलहरू प्रसारण गर्ने गरी तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

‘विश्वकपजस्तो ठुलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैँमा ठुलो अवसर हो,’ टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले भने, ‘त्यसैले नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर भएका हौँ ।’

ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबिच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको समेत उनले बताए ।

फिफाले यस पटक दक्षिण एसियाली देशहरूमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरू हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

एक्सक्लुसिभ अधिकारका कारण यस पटक नेपालका लागि फुटबल राइट्सको मूल्य अघिल्लो पटक भन्दा ६ गुणा महँगो परेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताउँछन् । धितालका अनुसार यो पटक प्रसारण अधिकारका लागि मात्र २५ करोड रुपैयाँभन्दा धेरै तिर्नुपरेको छ । प्राविधिक र अन्य खर्च जोड्दा ४२ करोड रुपैयाँभन्दा धेरै खर्च हुने उनले बताए ।

विश्वकप हेर्न ग्राहकले ५ सय रुपैयाँ तिर्नुपर्ने !
विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठुलो लगानी गर्नुपरेका कारण यस पटक ‘पे पर भ्यु’ मोडलमा विश्वकप देखाउन लागिएको धितालले जानकारी दिए । ‘अघिल्ला विश्वकपमा विदेशी च्यानलले देखाउँथे, उनीहरूका प्याकेज किन्न नेपालका एमएसओ र केबल वितरकहरूले अर्बौँ रुपैयाँ तिर्नु पर्दथ्यो, यस पटक किन विदेशी च्यानललाई दिने, पे मोडलमा हामी आफैँ काम गरौँ भन्ने लागेर एक्सक्लुसिभ अधिकार लिएका हौँ,’ धितालले भने, ‘यसमा टेलिभिजन सिग्नल वितरक साथीहरूले पनि उत्साह थपिदिनुभएको छ ।’

विश्वकपजस्ता ठुला खेल कन्टेन्ट निकै महँगो हुने विज्ञापनबाट मात्र खर्च उठाउन गाह्रो हुने भएकाले पछिल्ला दिनमा सबैजसो मुलुकमा खेलअनुसार पैसा लिने मोडलमा प्रसारण हुन थालेको धिताल बताउँछन् । त्यसो हुँदा विश्वकप हेर्न चाहनेले मात्र सब्सक्राइब गर्ने र हेर्न नचाहनेहरूलाई अतिरिक्त शुल्कको भार नपर्ने उनी बताउँछन् ।

नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरूलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार अहिलेसम्म नेट टिभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् । डिसहोम, सुबिसु लगायतका एमएसओ र आईपीटीभी सेवा प्रदायकहरूसँग सघन कुराकानी भइरहेको र छिटै सम्झौता हुने धितालले जानकारी दिए ।

‘सबै एमएसओ र केबललाई साथमा लिएर काम गर्न खोजिरहेका छौँ,’ धितालले भने, ‘नेपाली टेलिभिजन उद्योग र विज्ञापन बजार चलायमान बनाउने यो अवसरलाई सबै मिलेर सफल बनाउँछौँ ।’

विश्वकप हेर्न चाहने दर्शकले अहिलेदेखि नै आफ्ना केबल वितरक वा सेवा प्रदायकसँग कुरा गरेर ग्राहक बन्न सक्ने मिडिया हबले जनाएको छ ।

सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरन्तर रूपमा मिडिया हबले लिँदै आएको छ । यस पटक नयाँ मोडलमा काम गर्नका लागि टेलिभिजन उद्योगका विभिन्न स्टेकहोल्डरसँग सहकार्य गर्न लागिएको धितालले बताए ।

प्रतिक्रिया दिनुहोस