७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ-बुटवल सडक खण्डको ठेक्का तोड्ने विभागको चेतावनी

अ+ अ-

काठमाडौँ । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ ।

ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।

विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए ।

उनले भने, ‘चाडपर्वपछि सो सडक खण्डको स्थलगत निरीक्षण गरिने र त्यसपछि ठेक्का तोडिने या के गर्ने भन्नेबारे निर्णय गरिनेछ ।’ सडक विभागले यसअघि गत असोज ९ गते सूचना जारी गरी काम सम्पन्न हुनुपर्ने समयमा एक चौथाइ पनि काम हुन नसकेको, कामको गति ज्यादै सुस्त देखिएको, भएको सडकमा खाल्डो खनी सवारी साधन आवागमन गर्न नसक्ने बनाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

काम सम्पन्न हुनुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्र काम भएको छ । सो आयोजनाको निर्माण अवधि गत साउन २२ गतेसम्म थियो ।

४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो । विभागले सूचनामार्फत सो कम्पनीलाई कात्तिक ५ गतेसम्मको समयसीमा तोकेको थियो ।

राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटवलबिचको दूरी बढीमा दुई घण्टाको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस