६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन जर्नेललाई बिदा गर्दै ७२ वर्षका जाङलाई सीले दिए चिनियाँ सेनाको कमाण्ड

अ+ अ-

काठमाडौँ । ६८ वर्षका तीन जर्नेललाई चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीबाटै बिदा गरेका महासचिव सी चिनफिङले ७२ वर्षका जाङ स्योलाई जनमुक्ति सेनाको कमाण्ड सुम्पिने भएका छन्। उनले केन्द्रीय सैनिक आयोगको उपाध्यक्षको जिम्मेवारी ७२ वर्षका जाङलाई दिने भएका हुन्।

६८ वर्षको उमेर पुगेपछि अवकाश लिने परम्परा चिनियाँ कम्युनिस्ट पार्टीमा छ। यो विषय पार्टीको विधानमा भने उल्लेख छैन। ६८ वर्ष पुगेपछि अवकाश लिने परम्पराका कारण सैनिक आयोगका निवर्तमान उपाध्यक्ष सुइ चिल्याङ, रक्षा मन्त्री रहेका जर्नेल वे फङ्कु र संयुक्त स्टाफ विभागका जर्नेल ली झुवचेङलाई सीले केन्द्रीय कमिटीबाटै बिदा गरेका हुन्।

जाङ सीप्रति निष्ठावान रहेकाले उनलाई केन्द्रीय सैनिक आयोगको उपाध्यक्षको जिम्मेवारी दिइएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। केन्द्रीय सैनिक आयोगले २० लाख चिनियाँ सेनाको कमाण्ड सम्हाल्छ। त्यसको अध्यक्ष भने राष्ट्रपति सी नै हुन्छन्।

जाङका बुवा जाङ जोन्सु चिनियाँ जनमुक्ति सेनाको लजिस्टिक प्रमुख थिए। सन् १९४७ मा सिका बुवा सी जोङ्सुन राजनीतिक कमिसार थिए। १८ वर्षकै उमेरमा जाङ जोन्सु १८ वर्षको उमेरमा सेनामा प्रवेश गरेका थिए। उनी २० वर्षकै उमेरमा भियतनाम युद्धका लागि कम्पनी कमाण्डर तोकिएका थिए।

सिको पहिलो कार्यकालमा जाङले हातहतियार विभाग सम्हालेका थिए। जाङ सीले अघि सारेको सेना समायोजन नीतिलाई साथ दिने व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस