६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा गरेका प्रतिबद्धता पूरा गरेँ : पर्यटनमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिबद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताएका छन्।

काठमाडौँको छाउनीस्थित बाहिटी सङ्गम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पुरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरू, सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण(संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरू निर्माण, सडक पुल,  झोलुङ्गे पुल तथा आकाशे पुलहरू निर्माण तर्फ अधिकांश चुनावी प्रतिबद्धता पुरा गरेको उनले बताए।

आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले वसन्तपुर-स्वयम्भू-ह्वाइट गुम्बालाई नमुना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उनको भनाइ छ। 

सम्पदाक्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उनले बताए। स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शन तालिम तथा होमस्टे तालिमलाई अभियानका रूपमा अघि बढाएको उनले बताए।

पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको समेत उनले बताए। पर्यटन नै नेपालको आर्थिक विकासको दिगो स्रोत भएको र कोभिड-१९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न  आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि ल्याएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस