८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब देशलाई आर्थिक समृद्धिको नयाँ युगतिर लगिनेछ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले मुलुकमा आर्थिक विकास गर्छ भन्ने विश्वास दिनुपर्ने बताएका छन् । उनले मुलुकमा रहेका स्रोत र साधनहरूको उपयोग गरेर आर्थिक विकासमा जानुपर्ने बताए ।

पाँच दलीय गठबन्धनले काठमाडौंमा गरेको वाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलामा दाहालले आगामी दिनमा कसरी विकास गर्न सकिन्छ भन्ने स्पष्ट कुरा जनतामा पुर्‍याउनुपर्ने बताए । कम्युनिस्ट र काँग्रेस मिल्नु स्वाभाविक भएको भन्दै उनले अबको यात्रा सत्ताका लागि मात्रै नभएको बताए । ‘गठबन्धन चुनाव जित्ने र सरकार बनाउनेमा मात्रै होइन, ‘उनले भने । पर्यटन, विद्युत्, जडीबुटीलगायतका स्रोतको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितिर लानुपर्ने उनको भनाइ थियो ।

‘अब देशलाई आर्थिक समृद्धिको नयाँ युगतिर लगिनेछ । हामीसँग प्रचुर जडीबुटी छन् । त्यसको प्रशोधन गर्ने र जनताको आर्थिक जीवनमा जीवनमा ठूलो परिवर्तन ल्याउने सम्भावना पनि छ, ‘उनले भने । जनताले गठबन्धनप्रति राजनीतिक रूपमा भरोसा गरेको अब विकासका काममा पनि भरोसा गर्ने योजना अगाडि सार्नुपर्ने उनको भनाइ थियो । ‘गठबन्धनले देश विकास गर्छ भन्ने विश्वास जनतालाई दिलाउने बित्तिकै अर्कै परिस्थिति सिर्जना हुन्छ,’उनले भने ।

पाँच दलीय गठबन्धनका कार्यकर्ताहरूमा पार्टीगत रूपमा पूर्वाग्रह रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने दाहालले बताए । ‘ हिजो लडाइँको बेलामा आमनेसामने भएर काँग्रेस र माओवादी लडेका हुनाले पनि भोट एक-अर्कालाई दिन गाह्रो हुन्छ भन्ने सोच छ, ‘विगतमा काँग्रेस नेतृत्व र आफूले एउटै कागजमा हस्ताक्षर गरेर १२ बुँदे समझदारी गरेको बताउँदै उनले भोट एक-अर्कालाई हाल्न गाह्रो नमान्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस