८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीबाट तालिम लिनेले पाएनन् कर्जा, दलितलाई पनि ऋण लिनै मुस्किल

अ+ अ-

काठमाडौँ । उद्यमशीलता विकास गर्नका लागि सरकारले गरेको कर्जा प्रवाह सम्बन्धी नीतिगत व्यवस्थाको फाइदा लक्षित समूहले लिन नसकेको तथ्याङ्कले देखाएको छ । सरकारले दलित, महिला, कृषि, शिक्षित युवा जस्ता क्षेत्रमा कर्जा प्रवाह बढाउनको लागि बेग्लै प्रकारको नीतिगत व्यवस्था गरेको छ ।

सरकारले गरेको व्यवस्था अनुसार कृषि क्षेत्रमा बढेको पाइए पनि अन्य क्षेत्रमा सहुलियतपूर्ण कर्जा अपेक्षित रूपमा प्रवाह हुन सकेको छैन । सरकारले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिएर सो क्षेत्रका लक्षित व्यक्ति वा समूहको उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको छ ।

नेपाल राष्ट्र बैङ्कले सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि नै बनाएर सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था सरकारले गरेको छ । राष्ट्र बैङ्कका अनुसार व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवाको लागि परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्प पीडितको लागि आवास निर्माण कर्जा, गार्मेन्ट उद्योगको लागि कर्जा, सीटीईभीटीबाट स्वीकृतिप्राप्त तालिम कर्जा र युवा स्वरोजगार कर्जा शीर्षकमा सहुलियतपूर्ण ब्याजमा कर्जा पाइने नीतिगत व्यवस्था गरिएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सीटीईभीटीबाट स्वीकृतिप्राप्त तालिमको लागि कर्जा करिब नगन्य छ । गत भदौ मसान्तसम्ममा यस्तो शीर्षकमा जम्मा ३ लाख रुपैयाँ मात्रै ऋण गएको छ । यस्तै, दलित समुदाय व्यवसाय विकास कर्जा पनि नगन्य परिमाणमा गएको छ । राष्ट्र बैङ्कका अनुसार गत भदौ मसान्तसम्ममा यस्तो कर्जा जम्मा ५६ करोड २९ लाख रुपैयाँ गएको छ । युवा स्वरोजगार कर्जा जम्मा १ करोड १७ लाख रुपैयाँ गएको छ ।

गार्मेन्ट उद्योगको लागि भने अलि बढी कर्जा गएको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैङ्कका अनुसार गत भदौ मसान्तसम्ममा २ अर्ब २२ करोड २० लाख रुपैयाँ गार्मेन्ट उद्योगका लागि कर्जा गएको छ । यस्तै, भूकम्प पीडितले घर बनाउनको लागि ३ करोड १० लाख रुपैयाँ कर्जा लिएका छन् ।

उच्च प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पनि सामान्य रकम कर्जा प्रवाह भएको छ । राष्ट्र बैङ्कका अनुसार गत भदौ मसान्तसम्ममा यो शीर्षकमा ३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । महिला उद्यमशीलताको लागि ७० अर्ब ९ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने वैदेशिक रोजगारीबाट फर्केका युवाको लागि स्वरोजगार बन्न ५४ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै, शिक्षित युवा स्वरोजगार कर्जाको लागि ५ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैङ्कका अनुसार व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा उल्लेख्य मात्रामा कर्जा प्रवाह भएको छ । गत भदौ मसान्तसम्ममा १ खर्ब ३९ अर्ब ६७ करोड १८ लाख रुपैयाँ कर्जा व्यावसायिक कृषिमा गएको छ । यसमध्ये विनाधितो २ अर्ब २७ करोड रुपैयाँ तथा धितो राखेर १ खर्ब ३७ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले नै तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गरेपछि सरकारले राष्ट्र बैङ्क मार्फत व्याज अनुसार दिएर सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस