७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो विवाहको तयारीमा भुवन केसी 

अ+ अ-

काठमाडौँ । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ ।

तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रूप दिनेबारे बताएका हुन् । उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् ।

तेस्रो विवाहको तयारीबारे सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौँ, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौँ, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् ।

अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् । अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए ।

अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए । एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए ।

प्रतिक्रिया दिनुहोस