१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक

अ+ अ-

काठमाडौँ । नारायणगढको सहिद चोकबाट बैकुण्ठचोक, धर्म चोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ।

ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो।

सडक निर्माणका लागि चार वर्षमा तीन पटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशत मात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिव शक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक(दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।’

जेभीले नेपाल सरकारबाट २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ। धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ। उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ। करिब ३।१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता २०७५ वैशाख २६ गते भएको थियो।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिव शक्ति जेभीसँग यसको सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो। दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुबैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण कार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो। जसका लागि ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो।

सहिद चोकबाट बैकुण्ठचोक, धर्म चोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इन्जिनियर पुजन न्यौपानेले बताए। कार्यालयले अब २१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस