हेटौँडा । हेटौँडाका वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौँडा-४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।
उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो । उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । हेटौँडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक रहेका थिए ।