८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीपोखरीमा छठ मनाउन दिन आग्रह

अ+ अ-

काठमाडौँ । छठ पर्व समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः आग्रह गरेको छ ।

समितिले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको हो । समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई निवेदन दिएको थियो ।

त्यसको सुनुवाइ नभएपछि आफूहरूले पत्रकार सम्मेलनमार्फत सो स्थान उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः अनुरोध गर्नुपरेको समितिका अध्यक्ष मदन साहले बताए । उनले असनलगायतका क्षेत्रमा बस्ने ब्रतालुहरुलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौँ महानगरपालिकाले बेवास्ता गरेको गुनासो समेत गरे ।

अध्यक्ष साहले भने, ‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौँ । खोली दिए धेरै राम्रो हुन्थ्यो । असनमा बस्नेहरूलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौँ ।’

रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइँदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो । तर यस वर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कात्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रूपमा छठ पर्व मनाउने तयारी गरिएको तर काठमाडौँ महानगरपालिकाले भने अझैँ सो स्थान उपलब्ध नगराएकोमा पनि हामी मर्माहत भएको समितिका अध्यक्ष साहले बताए ।

तराई–मधेसमा भव्य रूपमा मनाइँदै आएको छठ पर्व विगत केही वर्षयता काठमाडौँ उपत्यकामा पनि भव्य रूपमा मनाउने गरिएको छ । छठ पर्वले पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस