११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला घटनामा आवश्यक समन्वय र पहल गरिदिन परराष्ट्रलाई गृहको आग्रह

अ+ अ-

काठमाडौँ । भारत उत्तराखण्ड प्रान्तको दार्चुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

यही कात्तिक ११ गते भारत उत्तराखण्डको दार्चुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराको छोरा करिब १० वर्षका पवन महराको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले उक्त घटनाको थप अनुसन्धान भइरहेको साथै उक्त घटनाबाट पीडित परिवारका सदस्यहरूलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा कूटनैतिक तवरबाट आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको उल्लेख गरेको छ ।

सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्व सावधानी अपनाउनका लागि स्थानीय प्रशासन समेतको समन्वयमा जानकारी गराउन तथा घटनाबाट पीडित परिवारका सदस्यलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय तथा पहल गरिदिनका लागि गृह मन्त्रालयले पत्रमार्फत परराष्ट्र मन्त्रालयलाई आज अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस