काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला-लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।
शनिबार राति भएको खेलमा इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले गरेको एकमात्र गोल निर्णायक बन्दा बार्सिलोनाले ३ अंक हाँसिल गर्यो। लेवान्डोस्कीले राफिन्हाको क्रसलाई सदुपयोग गर्दै सिजनमा १३ औँ गोल सम्भव बनाए।
त्यसअघि पहिलो हाफअघि लेवान्डोस्कीले गोलको राम्रो मौका चुकाएका थिए। उनको हेड पोलमा लाग्दा संभावित गोलबाट बार्सिलोना चुकेको थियो।
५०औँ मिनेटमा भ्यालेन्सियाका लिनोले गोल गरेका थिए। तर, भिएआरको सहायताबाट उनको गोललाई मान्यता दिइएन।
गोलअघिको फाउलको कारण उनको गोलले मान्यता नपाएको हो। खेलमा बार्सिलोनाले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो।
जितसँगै बार्सिलोना पुनस् शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाले १२ खेलमा ३१ अंक जोडेको छ। भ्यालेन्सिया १५ अंक जोडेर १० औँ स्थानमा रहेको छ।
एक खेल कम खेलेको रियल म्याड्रिडको पनि ३१ अंक रहेको छ। २३ अंकका साथ एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा रहेको छ।