६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चुनावी प्रचारप्रसारमा लागेपछि ‘श्रमिकसँग मन्त्री’ कार्यक्रम स्थगित

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हरेक आइतबार गर्ने श्रमिकसँग मन्त्री कार्यक्रम स्थगित भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उक्त कार्यक्रम स्थगित भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर चुनावी प्रचारप्रसारका लागि निर्वाचन क्षेत्रतिर लागेपछि उक्त कार्यक्रम स्थगित गरिएको हो । मन्त्री कुँवरले ५ भदौदेखि प्रत्येक हप्ताको आइतबार बिहान ११ देखि १२ बजेसम्म सेवाग्राहीसँग प्रत्यक्ष रूपमा समस्या तथा गुनासो सुन्ने कार्यक्रम सुरुवात गरेका थिए । कार्यक्रममा विशेष गरी वैदेशिक रोजगारीमा गएकाहरूले आफ्ना समस्या तथा गुनासा मन्त्री समक्ष राख्ने गरेका थिए ।  

मन्त्री नै चुनावी मैदानमा उत्रिएपछि तिन हप्तादेखि कार्यक्रम हुन सकेको छैन । । नेकपा एकीकृत समाजवादीको तर्फबाट अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका मन्त्री कुँवर यतिबेला चुनावी प्रचारप्रसारका लागि अछाममा छन् । अछाममा रहेपनि इन्टरनेटको सुविधाको आधारमा कार्यक्रम सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको थियो । त्यसका लागि ल्यापटपमा सफ्टवेयर राखिएको थियो । उक्त सफ्टवेयर मार्फत मन्त्री जहाँ भए पनि कार्यक्रम गर्न सकिने भन्ने थियो । तर,  अछाममा इन्टरनेटको व्यवस्था नभएकाले कार्यक्रम गर्न नसकिएको मन्त्रीको सचिवालयले जनाएको छ । 

अब चुनाव सकिएपछि पुनः कार्यक्रम सुचारु गरिने श्रममन्त्रीका प्रेस सल्लाहकार रमा खड्काले जानकारी दिइन् । मन्त्री नभए पनि टोल फ्रि नम्बर, ह्वाट्सएप तथा भाइबरबाट गुनासा टिपाउन सकिनेछ । आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म आफ्ना गुनासा टिपाउन सकिनेछ । मन्त्रालयमा स्थापना भएको कल सेन्टरमा विगत ६ वर्षदेखि समस्या तथा गुनासा टिपाउने गरिएको छ । मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान १ घण्टा आफैँ गुनासा तथा समस्या सुन्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस