८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला घटनामा भारतलाई सरकारले पठायो कूटनीतिक नोट

अ+ अ-

काठमाडौँ । महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट  उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।

‘गृहमन्त्रालयले घटनाको विस्तृत विवरणसहित पत्र पठाएपछि मन्त्रालयबाट आज बिहान १० बजे भारतको ध्यानाकर्षण गराउँदै राजदूतावासमार्फत उक्त नोट पठाइएको छ’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘गृहमन्त्रालयको स्थलगत प्रतिवेदनका आधारमा सचेत गराउने, अनुरोध गर्ने र भन्नुपर्ने कुरा कूटनीतिक नोटमा राखिएको छ ।’

परराष्ट्र मन्त्रालयका ती अधिकारीका अनुसार नोटमा मुख्य तीनवटा विषय समेटिएको छ । सीमावर्ती क्षेत्रमा यस्ता निर्माण कार्यहरू गर्दा स्थानीय प्रशासन र जनसमुदायलाई पूर्व सूचना दिन र सहकार्य गर्न आग्रह गरिएको छ ।

त्यस्तै निर्माण कार्य भइरहँदा जोखिम न्यूनीकरणका लागि सुरक्षाका उपायहरू अपनाएर मात्रै यस्ता प्रकारका कामहरू गर्न भनिएको छ । साथै अहिले भएको घटनामा पीडित महराको परिवारलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

उक्त घटनापछि भारतीय पक्षले महराको परिवारलाई १६ लाख रुपैयाँ राहत रकम दिएको छ 

प्रतिक्रिया दिनुहोस