काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङका प्रतिनिधि सभाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन रहेको भन्दै नेपाली काँग्रेस (बि.पी)का डा.लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।
गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
