काठमाडौँ । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
मोरबीको मच्चु नदीमा सयौँ मानिसहरू डुबेका छन् । स्थानीय फुटेजमा आंशिक रूपमा डुबेको सस्पेन्सन ब्रिजमा मानिसहरू झुन्डिरहेको देखिन्छ ।
उक्त पुलमा त्यतिबेला ४०० जना रहेको बताइएको छ । उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
करिब एक शताब्दी पुरानो पुल मर्मतपछि सञ्चालनमा आएको चार दिनपछि यस्तो दुर्घटना भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलय यस दुःखद घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् ।
प्रधानमन्त्री मोदीले मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।