६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा गठबन्धन एक हुन्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले ल्याएको घोषणापत्र कार्यान्वयन हुने दाबी गरेका छन् ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले २०७४ सालमा राम्रो घोषणापत्र ल्याए पनि आफूहरूले कार्यान्वयन गराउने अवसर नपाएको बताए ।

उनले भने, ‘२०७४ सालको निर्वाचनमा हामीले वाम गठबन्धन गरेर राम्रो घोषणापत्र बनाएका थियौँ । तर, सरकार सञ्चालन र पार्टीभित्र हाम्रो भूमिका भएन । त्यसकारण हाम्रो प्रतिबद्धता पूरा गर्न सकेनौँ । हामीले इमान्दारीका साथ अहिले उल्लेख गरेका छौँ । हामी आफैँ घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा छौँ भन्ने लाग्छ ।’

शासकीय स्वरूप परिवर्तनका लागि बहुमत राजनीतिक दलहरू सकारात्मक रहेको उनको भनाइ छ ।

माओवादीले आँटेका अधिकांश एजेण्डा पूरा भएको उनको जिकिर थियो । माओवादीले अघि सारेको शासकीय स्वरूप परिवर्तनमा राष्ट्रिय सहमति बन्ने उनले बताए । गठबन्धनको संयुक्त प्रतिबद्धता यसअघि नै सारसंक्षेपमा आफूहरूले अघि ल्याइसकेको प्रचण्डको भनाइ छ ।

उनले गठबन्धन दल पार्टी एकतातर्फ अघि नबढेको भएकाले सबैले आआफ्नो घोषणापत्र ल्याएको बताए ।

‘सबै दलहरूले आआफ्नो घोषणापत्र जारी गर्दैछन् । गठबन्धन दलहरूले पार्टी एकता गरेका होइनन् । सबै पार्टीका आफ्ना विचार, मूल्य र मान्यता छन् । जनताले थाहा पाउन आवश्यक छ’, उनले भने, ‘गठबन्धन दलहरूले पार्टी एकता गरेका होइनन् । एउटै पार्टी हुने गरी अघि बढेको दल पनि होइन । निश्चित आवश्यकताको कारणले एकजुट भएका हौँ । संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस