१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई कारबाही गर्न प्रमाण जुटाउँदै आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई कारबाही गर्न निर्वाचन क्षेत्रबाटै प्रमाण जुटाउन थालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित १२ उम्मेदवारका बारेमा प्रमाण जुटाउन आयोगले सोमबार मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

आचारसंहिता उल्लङ्घनको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको अस्वीकार गरेपछि आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै प्रतिवेदन मागेर कारबाहीका लागि प्रमाण जुटाउन थालेको हो ।

गोरखा–२ मा उम्मेदवारी दिन जाँदा बाजा बजाएको भन्दै माओवादी अध्यक्ष दाहाललाई आयोगले स्पष्टीकरण सोधेको थियो । दाहालले भने बाजा बजाएको बारेमा थाहा नभएको जवाफ दिएका छन् । तर, उम्मेदवारी दिन जाँदा र्‍यालीमा पञ्चेबाजा बजाएको भिडियो दाहालकै फेसबुक पेजमा राखिएको छ । वीरबहादुर बलायर, दीर्घ बहादुर सोडारी, लक्षीराम आचार्य, बद्री मैनाली, विरोध खतिवडा, इन्द्र बानियाँ, मेटमणि चौधरी, उमाकान्त चौधरी, सीके राउत, दुर्लभ थापा, ऐन महरमाथि उजुरीमा झैँ आचारसंहिता उल्लङ्घन गरेको हो/होइन भनेर तीन दिनभित्र प्रतिवेदन पठाउन आयोगले निर्देशन दिएको स्रोतको भनाइ छ ।

खानेपानी मन्त्री एवं बारा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उमाकान्त चौधरीले निर्वाचन प्रचारप्रसार क्रममा सरकारी गाडी दुरुपयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीहरूले चुनावी प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था छ । चौधरीले सरकारी (रातो तथा नीलो) नम्बर प्लेट भएको बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको उजुरीमा उल्लेख छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनले चौधरीले सरकारी गाडी प्रयोग गरेको प्रतिवेदन आयोगमा पठाएमा उनलाई १ लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी खारेजीसम्म हुन सक्छ । चौधरीलाई आयोगले १ लाख जरिवाना र उम्मेदवारी खारेज किन गर्नु नपर्ने भनेर स्पष्टीकरण सोधिसकेको छ ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । चौधरीले आफूमाथि लागेको आरोप गलत भएको अस्वीकार गरेपछि वास्तविकता बुझी प्रतिवेदन पेस गर्न आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन दिएको छ । त्यस्तै, मकवानपुर–२ का एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा र मकवानपुर–२ (२) का काँग्रेस उम्मेदवार इन्द्रबहादुर बानियाँले मनहरी क्याम्पसका विद्यार्थीलाई भ्रमण सहयोगबापत १५ हजार उपलब्ध गराएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

आयोगले बझाङका उम्मेदवार ऐनबहादुर महरलाई जिल्ला स्तरीय प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कारबापत ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आयोग र आयोगका पदाधिकारीलाई लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्य, कैलाली–४ (१) का उम्मेदवार दीर्घ बहादुर सोडारी, कैलाली–४ का काँग्रेस उम्मेदवार वीरबहादुर बलायरलाई पनि स्पष्टीकरण सोधेको थियो ।

आयोगले भक्तपुर–२ का काँग्रेस उम्मेदवार दुर्लभ थापाको पनि प्रमाण जुटाएर प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतलाई पत्राचार भएको छ । थापाले सूर्य विनायक नगरपालिका–२, ३, ४ र ६ का चोक, गल्ली र पोलमा दलको झन्डा, फ्लेक्स प्रिन्ट राखेको भन्दै उजुरी परेको थियो । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई पनि निर्देशन कार्यान्वयन नगरेको भन्दै कार्यालयमै उपस्थित भएर स्पष्टीकरण दिन आयोगले निर्णय गरेको छ ।

‘आयोगमा आचारसंहिता उल्लङ्घन भएका १ सय ५० भन्दा बढी उजुरी परेका छन्, ५० भन्दा बढीमाथि छानबिन भइरहेको छ,’ आयुक्त रामप्रसाद भण्डारीले भने, ‘कतिपय उजुरी सत्यतामा आधारित छन्, थप प्रमाण जुटाउँछौँ ।’

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदातालाई विदेश पठाइदिने प्रलोभनमा पारेको भन्दै स्पष्टीकरण सोध्नुका साथै कारबाही गर्न प्रहरीलाई समेत पत्र पठाउने आयोगले निर्णय गरेको थियो । कात्तिक ३ को चलानी तयार भए पनि आयोगले अझै पत्र पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस