९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानो रिसीवीका कारण छठ हेर्न गएका किशोरको हत्यामा संलग्न ७ जना पक्राउ

पक्राउ
अ+ अ-

मोरङ । उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन्।

पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने १६ वर्षीय सन्देश खवास, १७ वर्षीय विकास तामाङ, पानी ट्याङ्की बस्ने १६ वर्षीय मन्जिल माझी, तरुण चोक बस्ने १६ वर्षीय सपन खत्री, १५ वर्षीय प्रतीक बराइली र १६ वर्षीय सरोज परियार रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ्ग थापाले बताए।

आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबिच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइवी साँध्न उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा श्रेष्ठको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकामध्ये पाँच जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले हिजो दिउँसै पक्राउ गरेको थियो भने थप दुई जनालाई साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सम्बन्धित समाचार : छठ पूजा हेर्न जाँदा छुरा हानी हत्या

प्रतिक्रिया दिनुहोस