काठमाडौँ । आइसिसी पुरुष टी–२० क्रिकेट विश्वकपअन्तर्गत मङ्गलवार दुई खेल हुँदै छन् ।
पहिलो खेलमा अफगानिस्तान र श्रीलङ्काबिच प्रतिस्पर्धा जारी छ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।
समान तीन खेल खेलको श्रीलङ्का २ अङ्क सहित पाँचौँ र अफगानिस्तान पुछार तथा छैटौँ स्थानमा छ ।
दोस्रो खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने दुई बजे आमुन्नेसामुन्ने हुनेछन् । दुई टोलीबिच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ ।
जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अङ्क सहित शीर्षस्थानमा छ । इङ्ग्ल्यान्ड तीन अङ्कसहित तेस्रो स्थानमा छ ।
आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इङ्ग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढी खेलेको अस्ट्रेलिया पाँच अङ्कसहित दोस्रो स्थानमा छ । आज इङ्ग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समीकरण निकै रोचक बन्नेछ ।